१० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने

मा प्रकाशित


काठमाडौं ।
निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ।

सरकारले स्वेच्छिक अवकाशको तयारी गरे पछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए ।

निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आँकलन गरिएको छ ।

सरकारी सेवामा ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ। यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!