१० गुणा चाँडो चार्ज हुने मोबाइल

मा प्रकाशित


कुनै समय १५ सय, २ हजार एमएएच ब्याट्री नै पर्याप्त मानिने मोबाइलहरू अचेल ४ हजार एमएएच या सोभन्दा ठुलो साइजमा आउन थालेका छन् । अचेल स्मार्ट फोनको प्रयोग यति धेरै बढेको छ कि तिनीहरूलाई दिनभरि टिकाइराख्नु चुनौतीको विषय बन्न थालेको छ ।

अब ठुलो साइजको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न लाग्ने समय पनि बढी नै होला । यसको समाधान ल्याइदिएको थियो फास्ट चार्ज र टर्बो फास्ट चार्ज जस्ता विशेषताहरूले । यी विशेषता युक्त मोबाइलहरू एक-दुई घण्टामा नै फुल चार्ज हुने गर्दछन् ।

तर एक दुई घण्टा पनि थोरै समय त होइन । मान्छेहरू त चाहन्छन् कि मोबाइल चार्ज गरनै जस्तो काममा कमभन्दा कम समय खर्च होस् ।

उपभोक्ताहरूको यसै मागलाई संबोधन गर्न चिनियाँ कम्पनी ‘हुआवे’ले एउटा बिल्कुलै नयाँ चार्जिंग प्रविधिको अविष्कार गरेको छ जसले फोन चार्ज हुने गतिलाई १० गुना बढाइदिनेछ ।

‘हुआवे’को ‘वाट ल्याब’मा विकसित यस प्रविधियुक्त मोबाइल फोन ५ मिनेटमै ४८ प्रतिशतसम्म चार्ज हुने जनाइएको छ ।

यो प्रविधिमा कम्पनीले २०१५ देखी नै काम गर्न थालेको थियो । त्यसै वर्ष सार्वजनिक गरिएको एउटा भिडियोमा ५ मिनेट भित्र नै ६ सय एमएएच ब्याट्रीलाई १०० प्रतिशत र ३ हजार एमएएच ब्याट्रीलाई ४८ प्रतिशत चार्ज गरेर देखाइएको थियो ।

यस प्रविधि युक्त फोन सार्वजनिक भएपछि ब्याट्री ब्याकअपबारे चिन्ता उपभोक्ताहरूको चिन्ता समाप्त हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: