हरिद्वारका बाँदर बैतडीमा आतंक मच्चाउँदै

मा प्रकाशित


इन्द्रसरा खड्का,
बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५, ६ र ८ का नागरिक दिनभर बाँदर धपाउनमै ब्यस्त रहेका छन् ।

बारीमा लागाएको तरकारी, फलफुल गहुँखेती सबै नष्ट पार्न थालेपछि दिनभर बाँदरलाइ धपाउदै ठिक्क हुने गरेको दशरथचन्द नगरपालिका वडानम्बर ८ का मान बहादुर चन्दले बताउनुभयो । खेतबारी नष्ट गदै आएका बाँदर अब घरभित्रै बसेर पकाएको रोटी भात समेत नछोड्ने गरेको उहाँले बताउनुभयो ।

सोहि ठाउँका डम्मर टमाटाले आज भोलि हातमा गुलेली र साथमा ढुंगा हुन्छन् । हाहै गर्दा बादर नमान्ने हुदा गुलेलि र ढुंगा पनि सातमै बोक्नु परेको उहाँले बताउनुभयो । बिहान उठ्नेबेला देखि नै चलाउन सुरु गरेको गुलेलि बेलुकि रातिहुदा सम्म चलाउनु पर्दा हातै दुख्ने गरेको उहाँले बताउनुभयो । अहिले उहाँसंग मात्रै हैन वडा नम्बर ५ ६, ८का प्रत्यक घरका एकजनाको काम नै बाँदर धपाउने बनेको छ । बाँदरले दिनहुँदिन सताउन थालेपछि गुलेलि साथमै बोक्नु परेको उहाँले बताउनुभयो ।

बैतडीको सिमानाका झुलाघाट नजिक रहेको सो ठाउँमा भारतले हरीद्धारबाट २, ३ ट्रक बाँदर ल्याएर छोडेकाले निकै समस्या भएको डम्मर टमटाको भनाइ छ । भारतले गोप्य रुपमा ट्रकमा बाँदर ल्याएर सिमानाका नजिक छोड्दा सबै नेपाल पसेको उहाँले बताउनुभयो । बाँदरले गर्दा बारीमा रहेका सुन्ताला, जुनार, मौसमि पनि सबै नष्ट पारेको सोहि ठाउँका सुमित्रा चन्दले बताउनुभयो ।

तरकारी खेति गरेर बजारमा लगेर बेच्दै जिवीको पार्जन गरीरहेका हरुलाइ झनै समस्या भएको उहाँले बताउनुभयो । यो साल पानि नपरेर गहुँ नै बारिमा नउम्रेको बेला उम्रेको गहुँ पनि सबै बाँदरले खाइदिएपछि सबै जग्गा बाझै रहेको सोहि ठाउँका महेन्द्र चन्दले बताउनुभयो । बारीमा रहेको सबै खेती नष्ट पारीसकेपछि घरभित्र राखेको खानेकुरा पनि बाँदरले खाइदिएपछि नागरकि निकै चिन्तामा परेका छन् ।

यस्तै समस्या वडानम्बर ५ मा पनि छ । बारीमा लगाएको सबै गहुँबाली सखाप पारेपछि अहिले घरभित्र पसेर नै खानेकुरा खानथालेको हरीकृष्ण टमट्टाले बताउनुभयो । घरमा महिला मात्रै हुने भएकाले महिलाले धपाउन खोज्दा उल्टै महिलालाइ बाँदरले धपाउने गरेको उहाँले बताउनु भयो । घरमा पूरुष कोहि नहुदा झनै समस्या भएको उहाँको भनाइ छ ।

पुरुष सबै कोहि भारत र घरमा भएकाहरुपनि दिउँसो काममा जाने भएकाले घरमा महिला र बालबालिका मात्रै हुँदा झनै बाँदरको डरले महिला र बालबालीका बस्नु परेको उहाँले बताउनुभयो । बाँदरले यसरी सताएपछि सबै वडाका मान्छे सहयोगको लागि दशरथचन्द नगरपालिकाको कार्यलयमा आएका छन् । बाँदरले गाउँमा समेत बस्न नसकेकाले सहयोग गरीदिन नागरीकले नगरपालिकालाई गुहारेका छन् ।

यता दशरथचन्द नगरपालिका भने यसको ब्यावस्थापन कसरी गर्ने भन्ने अन्योलमा परेको छ । हुलका हुल बथान बाँदरलाइ कसरी ब्यावस्थापन गर्ने भन्नेबारे अब सबै निकायसंग बसेर गहन छलफल गर्न आवश्यक रहेको बताउनुभयो । दशरथचन्द नगरपालिकाको नगरवन कार्यलय, नगरकार्यपालिकाका सदस्य लगायत वनक्षेत्रमा काम गर्दै आएकाहरुसंग छलफल गररे ब्यावस्थापनका लागि पहल गर्ने नगरकार्यपालिकाका प्रबक्ता चक्रप्रसाद शर्माले बताउनुभयो ।

जंगलि जनावरको ब्यावस्थापनका लागि वनसंग सम्बनधीको कानुन र जनवरको सुरक्षीत तरीकाले बाच्न सक्ने सम्भाब्यता के हुन भन्नेबारे यो क्षेत्रमा काम गर्ने ब्यक्तीसंग सल्लाह गरेरमात्र कदम चाल्न सक्ने उहाँले बताउनुभयो । जंगलि जनावरबाट कृषिक्षेत्रलाइ कसरी सुरक्षीत राख्न सकिन्छ भन्ने बारे कार्ययोजना बनाएर लाग्ने नगरपालिकाले जनाएको छ ।

जंगलि जनावर बाँदरले नागरीकलाई सास्ती दिरहेको बेला बाँदर बिशेषज्ञ प्राणबिद् डाक्टर मुकेस कुमार चालिसे भने सँरक्षणको निति बैज्ञानिक हिसाबले बन्यजन्तुको ब्यबस्थापन, बासस्थानको बिकास र मानवीय हितमा हुनु पर्ने बताउनुहुन्छ । उहाँले खास बाली नोक्सान गर्ने र मानिसलाई दुखदिने प्रजाती निर्कयोल गरी, कुन उमेर समुहको बाँदर, बढी आक्रामक छ यसबारे पत्ता लगाएर मात्रै यसको ब्यावस्थापन गर्न सकिने बताउनुभयो ।

बैज्ञानिक हिसाबले बाली नोक्सानी बिबरण संकलन गर्ने, बाँदर प्रजातिको आँकडा र स्वभाबको अध्ययन गर्दे उनिहरूको आकर्षण कस्ता कुरा र खाद्य सामाग्रीमा छ यसको पत्ता लगाउन आवश्यक हुने उहाँको भनाइ छ । बाँदरका बिषयमा लामो समयदेखि अध्यान गर्दै आउनु भएका चलीसेले बाँदरको आतंक बारेयति कुरा जानिसकेपछि मात्रै त्यस आधारमा सँबन्धित निकायसँग मिलि नियन्त्रण गर्ने सक्ने बताउनुहुन्छ ।

हालै मात्र बैतडीको तल्लोस्वराडमा चितुवा र मानब बिच द्वन्द्वकाे बिषयमा अनुसन्धान गरीरहनु भएका युवा अनुसन्धान कर्ता धिरेन्द्र बहादुर चन्दले सुदुरपश्चिममा जंगलि जनावरहरुलाई नबुज्दा पनि मानिसले दुख पाइरहेको बताउनुभयो । यसका लागि बैज्ञानिक ढंगबाट अध्ययन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!