साहित्यकार वञ्चितका तीनवटा कृतिहरु एकसाथ विमोचन

मा प्रकाशित


धनगढी ।

साहित्यकार कबि कृष्ण पनेरु ‘वञ्चित’का तीन वटा कृतिहरु एकसाथ विमोचन गरिएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढी कैलालीको आयोजनामा सम्पन्न २९६ औं पृथ्वी जयन्ती तथा १३४ औं कवि शिरोमणि लेखनाथ जयन्ती समारोहमा कवि वञ्चितका साहित्यिक कृतिहरुको विमोचन गरिएको हो ।

विमोचन गरिएका कृतिहरुमा उछाल (कविता सङ्ग्रह), छरिएका कथा व्यथा (लोकगीतको सँगालो) र डोट्याली उखानको पातो रहेका छन् । डडेल्धुरा जिल्लामा जन्मिनु भएका वञ्चित लामो समयदेखी साहित्य साधनामा संलग्न रहिआएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार बासुदेव पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उछाल कविता सङ्ग्रहका सम्पादक रामचन्द्र जोशीले कृवि वञ्चितको जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारेका थिए ।

त्यसैगरी कार्यक्रममा प्रकाशक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव हरिकृष्ण कडायतले विमोचित कृतिहरुको बारेमा विवेचना गर्नुभएको थियो । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी बद्रीनाथ भण्डारी तथा गोविन्दराज जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा धर्मराज शास्त्री, खगेन्द्रराज चटौत, शेरबहादुर देउवा, प्रताप चन्द, जयदेव जोशी ‘दार्चुले’ लगायत युवा कवि, गजलकार, साहित्यप्रेमी पाठहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सुदूरपश्चिम साहित्य समाजका महासचिव हरिकृष्ण कडायतले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका कोषध्यक्ष सिद्धराज जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: