Facebook Twitter Google+ Google+
DHO

सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस आउँदै, यस्ता छन् विशेषता

Advertise Here

विश्वप्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी सामसुङ्ले बहुप्रतीक्षित सामसुङ् ग्यालेक्सी एस-९ बजारमा ल्याउने तयारी पुरा भइसकेको जनाएको छ ।

ग्याजेट प्रेमीहरूले खुबै प्रतीक्षा गरिरहेको भनेको यस प्रिमियम फ्ल्यागसिप फोनले एप्पलको आइफोन एक्सलाई सिधा टक्कर दिने जनाएको छ ।

सामसुङ्को मोबाइल बिजनेस विभागका अध्यक्ष डीजे कोहले ग्यालेक्सी एस श्रृंखलाका दुई प्रिमियम उत्पादन एस ९ र एस ९ प्लसका लागि उपभोक्ताहरूले धेरै प्रतीक्षा गर्नु नपर्ने बताएका छन् ।
एउटा अन्तरवार्ताका क्रममा कोहले यी दुबै भर्सन फेब्रुअरी २६ देखि मार्च १ सम्म बार्सिलोनामा आयोजित हुने विश्वकै सर्वाधिक ठुलो मोबाइल फोन व्यापार प्रदर्शनी द मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक हुनेछन् ।

कस्ता छन् विशेषता ?
हालै मिडियामा ग्यालेक्सी एस ९ र एस ९ प्लस को रिटेल बक्सको फोटो र यसका स्पेसिफिकेसनहरू सार्वजनिक भएका छन् जुन हालसम्म गोप्य राखिएका थिए ।

प्राप्त सूचना अनुसार सामसुङ् ग्यालेक्सी एस ९ मा सुपर स्पीड १२ मेगापिक्सलको ड्युअल क्यामेरा राखिएको छ जसको अपर्चर एफ १.५/एफ २.४ हुनेछ । त्यसका अतिरिक्त यसमा ८ मेगापिक्सलको फ्रंट क्यामेरा हुनेछ । यसका अतिरिक्त फोनमा ५.८ इन्च क्वाड्एचडी प्लस सुपर एमोलेड डिस्प्ले, आइपी ६८ रेटिङ् आइरिस स्क्यानर, ४ जिबी ऱ्याम र ६४ जिबी इन्टरनल स्टोरेज रहेको बताइन्छ । यसका अतिरिक्त यसमा वायरलेस चार्जिङ् र हेडफोन ज्याक जस्ता विशेषता युक्त रहेको छ । यसका अतिरिक्त यो फोन वाटर रेसिस्टेंट र डस्टप्रुफ समेत रहेको जनाइएको छ ।

यसको कयामेरामा सुपर स्लो मोसन तस्बिर लिन सक्ने विशेषता समेत रहेको छ ।
सामसुङ्ले एस सिरिजका फोनहरू यस्तै टेक सोहरूमा सार्वजनिक गर्ने गरेको छ । पछिल्लो पटक एमडब्ल्यूसी २०१७ मा उसले ग्यालेक्सी एस ८ र ८ प्लस सार्वजनिक गरेको थियो जसलाई अप्रिलदेखि बिक्रीका लागि खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो
  • अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने
  • १३ हजार अवैध वेभसाइट बन्द
  • एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा
  • टेलिकमका डाटा अफर थप तीन महिना, यस्ता छन् अफर
  • यस्तो छ नेपाल टेलिकमको तिहार विशेष छुट र अफर
  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने