सांसद दीपक मनाङेलाई पाँच वर्ष जेल सजाय

मा प्रकाशित


काठमाडौं ।
सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) लाई ज्यान मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले पुनवेदन अदालत पाटनको फैसलालाई सदर गरेको हो । यसअघि नै उक्त मुद्दामा पुरावेदन अदालत पाटनले चारै जना प्रतिवादीलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो ।

उक्त फैसला रेवत कार्कीसहित तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदन पाटनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो।

उक्त मुद्दामा यस अघि दिपक मनाङे हिरासतमा नबसेका हुनाले अब सर्वोच्चको फैसला पछि निज कैदमा बस्नुपर्ने र उनको पद पनि स्वतः बदर हुने बकिलहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!