Facebook Twitter Google+ Google+
DHO

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

Advertise Here

काठमाडौं ।

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार मातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए ।

काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारी चालक अनुमतिपत्रका लागि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बर्सेनि लाखौं व्यक्ति लाइसेन्स लिन इच्छुक देखिए पनि न्यून संख्यामा मात्र लाइसेन्स जारी हुँदै आएको छ, जसका कारण आवेदन खुल्नासाथ यातायात कार्यालयमा लाइसेन्स लिन चाहनेको लामो भीड लाग्ने गरेको छ ।

प्रस्तावमा सातवटै प्रदेशमा साबिकका १४ वटै अञ्चलमा भएको जस्तै यातायात व्यवस्था कार्यालय रहनेछन् । ती कार्यालयले सवारी अनुमतिपत्र जारी गर्नेदेखि नवीकरण र करसमेत उठाउनेछन् । यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • १० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने
  • बैतडीका सात स्थानीय तह बैंक विहीन
  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट
  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम
  • लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल
  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो, भाेलिसम्ममा घाेषणा गरिने
  • मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही
  • २० दिनमै यसरी हुन सक्छ राष्ट्रिय सभा निर्वाचन