Facebook Twitter Google+ Google+
DHO

सलमान खान मार्च ९ मा नेपाल आउने

Advertise Here

काठमाडौं ।
अभिनेता सलमान खान सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ अअन्तर्गत नेपाल आउने पक्का भएको छ । यसअघि सलमान नेपाल आउने चर्चा भएपनि निश्चित भने भएको थिएन ।

सलमान खान आफैले ‘टाइगर जिन्दा है’ बारे बलिउड हंगामासँग कुरा गर्दै दबंग द टुर मा नेपाल पनि सेड्युलमा रहेको बताएका हुन् ।

सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । उनी मार्च ९ को बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको लागि सलमान मार्च ९ मा नेपाल आउने सलमान तीन दिन नेपाल बस्नेछन् । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् ।

‘दबंग द टुर’ मार्च १० अर्थात फागुन २६ मा टुडिखेलमा हुनेछ । मार्च १० मा हुने कार्यक्रमको लागि १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन
  • सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित
  • सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै
  • पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)
  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी