मङ्गलबार संसारकै सबैभन्दा बृद्ध व्यक्तिको मृत्यु भएको छ । स्पेनमा बस्दै आएका फ्रान्सिस्को नून्ये ओलिवेराले एक महिनाअघि आफ्नो ११३ औं जन्मदिन मनाएका थिए ।
पहिलो विश्वयुद्धका बेला १० वर्षका उनी सन् १९०४ डिसेम्बर १४ मा जन्मिएका थिए ।
१०७ वर्षको उमेरसम्म दैनिक हिडडुल गर्दै आएका उनी बिहान एक गिलास दुध पिउथे । उनी आफ्नो स्वास्थ्यको ख्याल गर्थे । आफै सागसब्जी पकाएर खान्थे भने दैनिक एक गिलास वाइन पिउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)