वाम कार्यदल बैठकले टुङ्ग्यायो मुख्यमन्त्री र सभामुख बाँडफाँट

मा प्रकाशित


काठमाडौं ।
प्रदेशको सरकारको नेतृत्व लगायतको विषयमा वाम गठबन्धनको कार्यदल बैठकले सहमति गरेको छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कार्यदल बैठकको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेका तर्फबाट हुनेछन्। माओवादीले भने प्रदेश ६ र ७ को सरकारको नेतृत्व गर्नेछ।

त्यस्तै, प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाउनेछ भने माओवादीले प्रदेश ४ र ५ को सभामुख पाउने सहमति भएको छ । उपसभामुख भने एमालेले ४ र ५ गरी दुई प्रदेशमा मात्र पाउने भएको छ। माओवादीले भने चार वटा प्रदेश १, ३, ६ र ७ मा उपसभामुख पाउनेछ।

प्रदेश सरकारमा मन्त्रीहरुको भागबन्डा एमाले र माओवादीले क्रमश: ७० र ३० प्रतिशत बाँड्ने सहमति पनि बैठकमा भएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!