Facebook Twitter Google+ Google+
DHO

लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल

Advertise Here

काठमाण्डौ ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनभिज्ञ छ।

सरकारले रेलको इन्जिन खरिद गरे अबको एक वर्षभित्र नेपालमा रेल गुड्ने रेल विभागको दावी छ। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिनको खरिदको विषयमा छलफलसमेत हुन सकेको छैन।

झण्डै चार वर्षदेखि बन्द जनकपुर जयगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ। २६ भदौ २०७० मा जनकपुरबाट जयनगरतर्फ आउँदै गर्दा धनुषाको बहुवा ४ मा दुर्घटना भएपछि सो रुटको रेल सेवा अनिश्चितकालका लागि बन्द भएको थियो।

सोही रुटमा अहिले भारत सरकारको सहयोगमा लिक पुनर्निर्माण कार्य चलिरहेको छ।

केही दिनअघि सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले लिक निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भए पनि अहिलेसम्म रेलको इन्जिन खरिद प्रक्रिया सुरु नभएको भन्दै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए।

मन्त्री बलायरले अहिले खरिद प्रक्रिया सुरु गर्ने हो भने यसको लिक तयार हुने समयसम्म नेपालमा रेल आइपुग्ने भन्दै पक्रिया सुरु गर्न निर्देशन दिएका थिए। यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • १० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने
  • बैतडीका सात स्थानीय तह बैंक विहीन
  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट
  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम
  • लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल
  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो, भाेलिसम्ममा घाेषणा गरिने
  • मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही
  • २० दिनमै यसरी हुन सक्छ राष्ट्रिय सभा निर्वाचन