Facebook Twitter Google+ Google+
DHO

राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक

Advertise Here

काठमाडौँ ।
निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको कार्यतालिका अनुसार ७ माघमा मतदाता नामावली प्रकाशन गर्ने, ९ माघमा अन्तिम नामावली प्रकाशन गरी १० माघमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ माघमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र २४ माघमा बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान सञ्चालन हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

यसमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । तीमध्ये प्रत्येक प्रदेशबाट महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुदूरपश्चिममा आज ‘नरहरी’ पर्व मनाइँदै
  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा