Facebook Twitter Google+ Google+
DHO

म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

Advertise Here

काठमाडौं ।

नेपाली मनोरञ्जन क्षेत्रमा दृष्य सम्पादनलाई आफ्नो पेशा बनाएर प्रवेश गरेका व्यक्तिको नाम हो बिरेन्द्र भाट ‘बिपिन’ । सुदूरपश्चिमको बैतडी जिल्ला गुजरमा जन्मेका विपिनले अहोरात्र यसै क्षेत्रमा खटेर कम्प्युटरको किबोर्डमा चल्ने हातहरुलाई त्यतिमा मात्र सिमित राखेनन् । अरुले खिचेर ल्याएका दृष्यका सटहरु काट्दा र जोड्दाका अनुभव संगालेका उनी आफैं क्यामराको लेन्स घुमाउँदै फ्रेम बनाउँन थाले जसले सम्पादक बिरेन्द्रलाई कुशल छायाँकारको रुपमा पनि स्थापित बनायो ।

हरेक मान्छेको चाहना एउटा सफलताबाट अर्को हुँदै सफलताको सिंढी खोज्न मै बित्ने गर्दछ तर बिरेन्द्रको अनुभव खोजाईमा मात्र बितेन । आफु उक्लिएका हरेक सिंढीहरुमा उनी सफल बन्दै गए र कुनै बेलाको केवल एउटा भिडियो सम्पादक परिचय अहिले फेरिएको छ । सम्पादक र छायाँकारको परिचय बोकेका बिरेन्द्रले अहिले आफ्नो परिचय निर्देशकमा पनि दर्ता गराउँन सफल भएका छन् । उनै बिरेन्द्र भाट विपिनको निर्देशन तथा सम्पादनमा तयार गरिएको “हजार चोट सहे पनि” नामक गीतको म्यूजिक भिडियोले अहिले निकै चर्चा कमाउदै छ ।

गीतकार जानकी पन्त (जून)को “हजार चोट सहे पनि” गीतमा चर्चित एबम् बरिष्ठ गायक आनन्द कार्कीको स्वर रहेको छ । हाल बेलायतमा आफ्नो कर्म थलो बनाए पनि नेपाली गीत सङ्गीत र संस्कृतिलाई निरन्तरता दिने क्रममा आफु भन्दा धेरै माया गर्दै आइरहेकी गीतकार जानकी पन्त “जून” का निकै भावुक शब्द, लक्ष्मण राज सिटौलाको सुमधुर सङ्गीत तथा सञ्जय खड्गीको सङ्गीत संयोजन रहेको छ ।

यस गीतमा निर्देशक विपिनले उनै बरिष्ठ गायक आनन्द कार्की, गीतकार जानकी पन्त “जून” र कञ्चन के.सी.लाई पर्दामा उतारेका छन जुन गीतको छायांकन हरिश महराले गरेका छन् । यस गीतलाई वर्ल्ड कभर मिडियाले बजार ब्यवस्थापन गरेको छ । लामो समय साँगीतिक क्षेत्रबाट ओझेलिएका गायक कार्कीलाई उनको साँगीतिक पुनरागमन फापेको चर्चा चल्न थालेको छ ।

बिपिनको काम हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन
  • सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित
  • सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै
  • पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)
  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी