Facebook Twitter Google+ Google+
DHO

महेश प्रसाईको लघुकथा सङ्ग्रह ‘अतिरिक्त स्वरहरु’ सार्वजनिक

Advertise Here

काठमाडौँ ।
सर्जक महेश प्रसाईको लघुकथा कृति ‘अतिरिक्त स्वरहरु’ सार्वजनिक भएको छ । आज ललितपुुरको सिद्धेश्वर मन्दिर प्राङ्गण लेलेमा आयोजित एक कार्यक्रममा कृति विमोचन गरिएको हो ।

शब्दपथका संयोजक किशोर पहाडीको अध्यक्षता, वरिष्ठ आख्यानकार राजवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन शब्दपथका मुुरारी सिग्देलले गर्नुुभएको थियो । कार्यक्रमको पहिलो सत्रमा लघुुकथा कृति विमोचन एवम् कृतिमाथि समीक्षा गरिएको थियो भने दोस्रो सत्रमा लघुकथा रचना वाचन गरिएको थियो ।

लघुकथा कृति विमोचन पछि कृतिमाथि समीक्षा प्रस्तुत गर्दै समीक्षक डा. पुुष्करराज भट्टले प्रसाईका लघुकथाको मूूल स्वर समसामयिक राजनतिक एवम् सामाजिक विकृतिमाथि व्यङ्ग्य भएको विचार प्रस्तुुत गर्नुुभयो । भट्टले उनका कृतिमा पात्र चयनमा नवीनताका साथै स्वैरकल्पना रहेको चर्चा गर्नुुभयो । प्रमुख अतिथि राजवले विश्व साहित्यमा लघुुकथा परम्पराको चर्चा गर्दै लघुकथा आफैमा पूर्ण विधा भएको विचार व्यक्त गर्नुुभयो । कृतिका लेखक महेश प्रसाईले आफ्नो लेखन यात्रा एवम् लघुुकथा लेखनका बारेमा चर्चा गर्दै अबको आफ्नो लेखन सरलता उन्मुख हुने विचार राख्नुुभयो । कार्यक्रमका संयोजक किशोर पहाडीले शब्दपथले गर्दै आएको कार्यका बारेमा चर्चा गर्नुुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा राजव, महेश प्रसाई, किशोर पहाडी, निशा केसी, दिव्य गिरी, सुुनिल पुुरी, नारायण तिवारी, डा. पुुष्करराज भट्ट, मुरारी सिग्देल, ध्रुव मधिकर्मी एवम् रत्न कोजूले लघुुकथा वाचन गर्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • महेश प्रसाईको लघुकथा सङ्ग्रह ‘अतिरिक्त स्वरहरु’ सार्वजनिक
  • साहित्यकार वञ्चितका तीनवटा कृतिहरु एकसाथ विमोचन
  • ईश्वर जोशीको कविता : बाध्यता
  • १३ जना कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक
  • लघुकथामाथि विमर्श तथा कायस्थको कृति विमोचन
  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • error: Content is protected !!