बैतडी प्रहरी प्रमुख शर्मा सात नंं प्रदेशकै उत्कृष्ट

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

बैतडी प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्मा प्रदेश नंं सातका नौ वटा जिल्ला मध्ये उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रुपमा पुरस्कृत हुनुभएको छ ।

माघ १ गते प्रदेश नं. ७ का प्रहरी प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक माधवप्रसाद नेपाल आफै बैतडी पुगेर बैतडी प्रहरी प्रमुख डिएसपी शर्मालाई रेकर्डमा जनाईने गरि नगदसहित पुरुष्कृत गर्नुभएको हो ।

बैतडी प्रहरी प्रमुख शर्माले नागरिकको हराएको पाँच तोला सुन बुझाउनेदेखि जिल्लाको शान्ति सुरक्षा र जनताको मन जितेर काम गर्दा नेपाल प्रहरीको गरिमा बढाएको भन्दै सात नंं प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले प्रशंसा गर्नुभएको छ । डिएसपी शर्माले गत दशैका बेला बैतडीका एक जना नागरिकको हराएको पाँच तोला सुन खोजेर जिम्मा लगाउने काममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

डिएसपी शर्माले बैतडी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले यता जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण, सार्वनजिक यातायातमा नागरिकले भोग्दै आएका समस्या, महिला हिंसा, वाल विवाह, समाजमा हुने विकृति र विसंगति निइन्त्रण गर्न शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहनु भएको छ ।

नागरिकका गुनासो सुन्न वस्ती भेटघाट, प्रहरी मेरो साथी, अवैध मदिरा तथा गाँजा नियन्त्रण, नेपाल–भारतको सिमा महाकाली नदीबाट हुने संभावित अपराधका घटना नियन्त्रण, जिल्ला प्रहरी कार्यालयभित्र महिला, वालवालिका तथा मानवअधिकार शेल गठन, प्रहरीले गरेका कामको जानकारी दिन सूचना अधिकारी नियुक्त जस्ता काममा डिएसपी शर्माले भूमिका खेल्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!