Facebook Twitter Google+ Google+
DHO

बैतडीमा कुन स्थानीय तहले कति खर्च गरे?

Advertise Here

बैतडी ।

बजेट आएको छ महिना सकिँदा पनि बैतडीका स्थानीय तहले न्युन बजेट खर्च गरेको छ । जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकाको समग्र स्थिति एकैनासको रहेको छ । जनप्रतिनिधी आएपछी समयमै उपभोक्ता समिति गठन भई विकास निर्माणका काम शुरु भएर समयमै सकिएला भन्ने जनताको जो आकंक्षा थियो त्यो सपना मात्रै भएको छ ।

अहिले सम्म सबैभन्दा बढी पुजिगत खर्च दोगडाकेदार गाउँपालिकाले गरेको छ भने नगरपालिकाहरुले बरावर खर्च गरेका छन् । जसमा दोगडाकेदार गाउँपालिकाले सबै उपभोक्ता समिति गठन गरि ६० प्रतिशत योजना सम्पन्न हुन अन्तिम चरणमा रहेका र बाँकीमा काम संचालन भईरहेको जनाएको छ भने पुजिगत खर्च ३५ प्रतिशत सकेको छ सुर्नया गाउपालिकाले ८५ प्रतिशत उपभोक्ता समिति गठन गरि काम संचालन गरेको छ भने पुजिगत खर्च ५ प्रतिशत मात्र गरेको छ । डिलासैनी गाउँपालिकाले ३ सय ८० योजना मध्ये तिन सय उपभोक्ता समिती गठन गरि सम्झौता गरि काम संचालन गरेको छ भने १० प्रतिशत पुजिगत खर्च गरेको छ ।

शिवनाथ गाउँपालिकाले आधा मात्र उपभोक्ता समिति गठन गरि काम सम्झौता गरी पाचँ प्रतिशत पुजिगत खर्च गरेको छ, पञ्चेश्वर गाउँपालिकाले सबै उपभोक्ता समिति गठन गरि सम्झौता गरि काम संचालन गरेको छ भने २५ प्रतिशत पुजिगत खर्च गरेको छ, शिगास गाउँपालिकाले भने अहिले सम्म २५ प्रतिशत उपभोक्ता समिति गठन गरि सम्झौता गरेर काम संचालन गरेको छ भने ६ प्रतिशत पुजिगत खर्च गरेको छ ।

त्यस्तै नगरपालिकाहरुले पनि न्युन पुजिगत खर्च गरेका छन भने सबै योजनाको उपभोक्ता समिति पनि गठन गर्न सकेका छैनन् । मेलौली नगरपालिकामा सबै उपभोक्ता समिति गठन भई सम्झौता गरि काम संचालनमा छ भने १५ प्रतिशतमात्र पुजिगत खर्च भएको छ, दशरथचन्द नगरपालिकामा पनि ८० प्रतिशत योजनाका उपभोक्ता समिति गठन भई सम्झौता गरि काम संचालन गरेको छ भने ८ प्रतिशत मात्र पुजिगत खर्च गरेको छ ।

पाटन नगरपालिकामा पनी ८ सय १७ योजनामा आधा योजनाको मात्र उपभोक्ता समिति गठन गरी सम्झौता भई काम सञ्चालन गरिएको छ भने पुजिगत खर्च १५ प्रतिशतमात्र गरेको छ । पुर्चौडी नगरपालिकाले चार सय जति योजनमा तिन सय भन्दा वढी योजनाको सम्झौता भई काम संचालन गरिएको र बाँकीमा समिति गठन भईराखेको छ भने पुजिगत खर्च १६ प्रतिशत मात्र गरेको छ ।

यो भन्दा पहिलाका सवै योजनाहरु गाविस र जिल्ला विकास समितिले संचालन गर्दा पनि पुस माघ महिना देखी उपभोक्ता समिति गठन गरी काम लाई कछुवाको गतिमा संचालन गर्दै असार महिनामा हतार हतारमा योजना सम्पन्न गरिन्थ्ये भने यो वर्ष स्थानीय तहले पनि त्यही सिकेको स्थानीय वासिन्दा एवम् नेपाली काग्रेसका गाउँकमिटी अध्यक्ष नरेन्द्र चन्दको भनाई छ । चन्दले भने “अहिले सम्म कुनै पनि स्थानीय तहले १० देखी १५ प्रतिशत भन्दा माथि पुजिगत खर्च गरेका छैनन् यस वाट नै प्रमाणित हुन्छ की पहिलकोे जिविस, गाविस र अहिलेको स्थानिय तहमा कुनै फरक छैन ।”

स्थानीय बासिन्दाहरु बजेट नआउन्जेल सम्म उधारोमा काम नगर्ने भएकाले पहिले नै उपभोक्ता समिति गठन गरि काम संचालन नगरेको र बजेट आएपछी मात्र समिति गठन गरि काम संचालन गरिएको स्थानीय तहले जनाएका छन् । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन र कर्मचारी फेरवदेल र कर्मचारी अभावले पनि समयमै उपभोक्ता समिति गठन नभई काम संचालन गर्न नसकिएको मेलौली नगरपालिकाका नगर उपप्रमुख राधिका ओझाले वताए । उप प्रमुख ओझाले भने “अव एकोहोरो विकास निर्माणका काम गर्न अपुग कर्मचारी पनि करारमा भर्ना गरेका छौ र उपभोक्ता समिति धमाधम गठन भई काम संचालन गरिरहेका छौ बैशाख अन्तिम सम्ममा सम्पुर्ण विकास निर्माणका काम सक्ने छौ ।”

योजनाका उपभोक्ता समितिलाई भुक्तानी नभएको कारणले पुजिगत खर्च न्युन देखिएको र योजना सम्झौता हुन ढिलाई भए भएपनी बजेट फ्रिज नजान दिने स्थानीय तहहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!