Facebook Twitter Google+ Google+
DHO

बिर्सेर पनि इन्स्टल नगर्नुस् यी सात एन्ड्रोइड एप

Advertise Here

एपब्रेन डट कमका अनुसार जनवरी १३ का दिनसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ८९ हजार दुई सय ३३ एपहरू रहेका छन् । अर्थात् हरेक कामका लागि एउटा न एउटा एप उपलब्ध रहेको छ । यस्ता अधिकांश एपहरू नि:शुल्क छन् भने केहीका लागि पैसा समेत तिर्नु पर्ने हुन्छ ।

ब्राउजिङ्, गेमिङ्, सोसल नेटवर्किङ् या ने युटिलिटी एपहरूले हाम्रो जीवन पत्त्याउनै नसकिने गरी सहज र रोमांचक बनाइदिए जस्तो लाग्छ । तर बुझ्नु पर्ने कुरा के छ भने यसरी उपलब्ध सबै एपहरू सुरक्षित भने हुँदैनन् । यस्ता एपहरूले हामीलाई सघाएको जस्तो जानकारी दिनेगरे पनि भित्रभित्रै हाम्रो डिभाइस या डाटामा ठुलो क्षति पुऱ्याइरहेका हुन्छन् या अनावश्यक स्पेस ओगटेर बसिदिनाले डिभाइस ल्यागिङको कारण समेत बनिरहेका हुन्छन् ।

गुगल प्रवर्द्धित प्ले स्टोर बारम्बार कम नलाग्ने र हानिकारक एपहरूलाई स्थान दिएको भनेर आलोचित भइराख्ने गर्दछ । केही साह्रै फाइदाजनक लाग्ने तर वास्तवमै इन्स्टल गर्न नै नहुने एपहरू यस्ता छन् ।

क्विक पिक
यो वास्तवमा इजी-टु-युज फोटो ग्यालरीका लागि प्रयोग गरिने एप हो । यो उपयोगी पनि मानिन्छ तर यसको ठुलो दुर्गुण भनेको यसमा बारम्बार आइरहने अपडेटहरूका कारण यसको साइज धेरै ठुलो भएर यसलेफोन मेमोरीको ठुलो हिस्सा ओगट्ने हुनाले यसले गाह्रो पार्न सक्छ । गत वर्ष चिता मोबाइलले यसको स्वामित्व ग्रहण गरेपछि यसमा निरन्तर अपडेट आइरहेका छन् ।

इएस फाइल एक्सप्लोरर
यसको दुर्गुण भनेको यसको फ्री भर्सनसँग आउने ब्लट वेयर र एड वेयर हुन् जसले फोन मेमोरीमा बसेर डिभाइसलाई सुस्त बनाइ दिन्छ ।

युसी ब्राउजर
यो भारत र चीन देशहरूमा साह्रै लोकप्रिय रहेको एन्ड्रोइड वेब ब्राउजर हो । हुन त यसमा एउटा फास्ट मोड पनि छ जसले दाता कम्प्रेसन गरेर केही एमबी बचाउन सक्छ तर यसको ठुलो दुर्गुण भने प्रयोगकर्ताको गोप्यतासँग गाँसिएको छ । यसले तपाइंको सर्च हिस्ट्री, फोनको आइएमइआइ नम्बर, एन्ड्रोइड आइडी र वाइफाई सम्बन्धि जानकारी जस्ता गोप्य सूचनाहरू मात्र हैन प्रयोगकर्ताको लोकेसनजस्ता जानकारीहरू याहु र गुगलमा पठाइदिन्छ ।

क्लिन इट
यो पनि लोकप्रिय क्लिनिङ् टुल हो । यसको खराब पक्ष भनेको यसमा आउने विज्ञापनहरू हुन् । यसमा फोन स्टोरेज र ऱ्याम क्लिन फिचरहरू वास्तवमा झुक्याउनका लागि मात्रै हुन् । यसमा एउटा किल रनिङ् एप्स भन्ने अप्सन पनि हुन्छ वास्तवमा यसले ब्याट्री बचाउने नभइ सिध्याउने कम गरिरहेको हुन्छ ।

म्युजिक प्लेयर
विशेष गरी म्युजिक फाइलहरू प्ले गर्न कामलाग्ने यो एप पनि यसमा रहेका थुप्रै विज्ञापनका कारण कम उपयोगी सिद्ध भएको छ । यी विज्ञापनहरूले डाटाको सत्यानाश मात्रै गर्दैनन् ब्याट्री पनि चाँडो चाँडो सिध्याइदिन्छन् । गुगल प्ले स्टोरमा यसमाथि टिप्पिणी गर्नेहरूले ब्याट्री छिटो सिध्याएको र गिगाबाइट सम्म डाटा खर्च गरिदिएको गुनासो गरेका छन् ।

डियु ब्याट्री सेभर एण्ड फास्ट चार्ज
यो ब्याट्री सेभर एप पनि प्रयोग नगर्नु नै राम्रो हो । एक त यसमा फास्ट चार्ज गर्ने क्षमता नै हुँदैन त्यो फोनको विशेषतामा भर पर्ने कुरा हो । अर्को यसले तपाइँको लकस्क्रीन र नोटिफिकेसन बारलाई अनावश्यक विज्ञापनहरूको भारि नै बोकाइदिन्छ जसको परिणामस्वरूप फोन ढिलो हुने या ह्याङ्ग हुने जस्ता समस्या देखिन सक्छन् ।

डल्फिन वेब ब्राउजर
हुन त यो एउटा एड फ्री या विज्ञापन मुक्त फ्ल्यास सपोर्टिंङ् ब्रा उजर हो । तर पनि यसलाई फोनमा राख्नुका आफ्नै जोखिम छन् । यसले पनि गुप्त रुपमा हाम्रा सूचनाहरू अन्यत्र सारिदिन्छ र प्रयोगकर्तालाई ट्रेकिङ् गरिरहको हुन्छ । सबैभन्दा नराम्रो पक्ष भनेको यसले तपाइँको इन्कोग्निटो मोडको वेबसाइट भिजिटलाई फाइल बनाएर डिभाइसमा सेभ गरिदिन्छ । -साइटेकबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो
  • अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने
  • १३ हजार अवैध वेभसाइट बन्द
  • एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा
  • टेलिकमका डाटा अफर थप तीन महिना, यस्ता छन् अफर
  • यस्तो छ नेपाल टेलिकमको तिहार विशेष छुट र अफर
  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने