Facebook Twitter Google+ Google+
DHO

बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै!

Advertise Here

काठमाडौँ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली-दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले-माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् । यो खबर आजको अन्नपूर्णमा छ ।

तर, एमाले-माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ ।

आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए । ‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • १० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने
  • बैतडीका सात स्थानीय तह बैंक विहीन
  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट
  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम
  • लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल
  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो, भाेलिसम्ममा घाेषणा गरिने
  • मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही
  • २० दिनमै यसरी हुन सक्छ राष्ट्रिय सभा निर्वाचन