Facebook Twitter Google+ Google+
DHO

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ईसीजी र भिडियो एक्सरे सेवा संचालन

Advertise Here

बैतडी ।

बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ईसीजी र भिडियो एक्सरे सेवा संचालनमा आएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई ईसीजी र भिडियो एक्सरे मेशिन उपलव्ध गराएपछी ईसीजी र भिडियो एक्सरे सेवा संचालनमा आएका हुन् ।

यी सेवाहरु पाटनमै संचालनमा आएपछी बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. नविन्द्र ढकालले बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमले बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमा अन्तर्गत ईसीजी, भिडियो एक्सरे, एक्स–रे सेवा राखिएको छ । बैतडीमा विसं २०७३ पुस ७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

त्यस्तै स्वास्थ्य बिमाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे मेशिन उपलब्ध गराईसके पनि उक्त सेवा संचालन हुन् सकेको छैन । जनशक्ति अभावका कारण एक्स–रे सेवा संचालन हुन् नसकेको  हेल्थ असिष्टेन्ट लोकेन्द्र ऐरले बताउनुभयो । छिट्टै एक्स–रे सेवा संचालन गर्नका कर्मचारीलाई तालिम दिन पाटन नगर कार्यपालिकाले निर्णय गरि सकेको समेत उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!