Facebook Twitter Google+ Google+
DHO

प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन

Advertise Here

डोटी ।
प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन सुरु भएको छ। मंगलबारसम्म शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनले बुधबार बिहानैबाट उग्र रुप लीएको छ ।

आन्दोलनको आठौँ दिन आज हजारौँले प्रदर्शन गरेका छन्। बुधबार निस्किएको जुलुस तथा र्यालीले विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको थियो।

बिहिबारदेखि सुदूरपश्चिमका पहाडी सातवटा जिल्ला जोड्ने एकमात्र द्वार भीमदत्त राजमार्गको बुडरमा अवरोध गर्ने प्रदर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले आज सरकारी तथा गैह्रसरकारी कार्यालय, विद्यालय, बजारसमेत खुल्न दिएनन् । बुधबार बिहानैदेखि दिनभर दिपायल, सिलगढी, गोपघाटलगायत बजारमा समेत प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगामुडा गरेका छन् । उता सिलगढीमा प्रदर्शनकारीले एक मोटरसाइकलमा आगो लगाएर ध्वस्त बनाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन
  • चुनावी प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन
  • आज टोपी दिवस मनाइँदै
  • डेढ सय गुप्तचरको जागिर गयो
  • विप्लव समूहका दुई नेता जेल चलान