Facebook Twitter Google+ Google+
DHO

प्रचण्डको खुलासा: प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

Advertise Here

काठमाडौँ ।

माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे ।

‘माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति बनाउनुभएको छ,’ पौडेलले भने ।

सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन् । ‘प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा सिट जित्नु राम्रै पोजिसन हो, एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘धेरैजसो प्रदेश सभामा माओवादी किङ मेकर नै छ, त्यसैले माओवादी लत्रिएर एकताका लागि हतारिहाल्नुपर्ने आवश्यकता छैन ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • १० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने
  • बैतडीका सात स्थानीय तह बैंक विहीन
  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट
  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम
  • लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल
  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो, भाेलिसम्ममा घाेषणा गरिने
  • मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही
  • २० दिनमै यसरी हुन सक्छ राष्ट्रिय सभा निर्वाचन