पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया

मा प्रकाशित


पाटन ।

पाटन नगरपालिकाको विनियोजित वजेट कार्यान्वयन प्रभावकारी बनाउन वडा नं ९ मा बुधबार एक अन्तरक्रिया गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । पाटन नगरपालिकाको आर्थिक बर्ष ०७३/०७४ को विनियोजित वजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा नं ९ ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

सरोकारवाला निकाय, वडा नं ९ अन्तर्गत नगरपालिकाका योजनाहरुमा गठित उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्षहरुसंग वजेट कार्यान्यनका चुनौती र बजेटलाई कसरि प्रभाबकारी रुपमा कार्यान्यन गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गोष्ठी गरिएको वडा नं ९ का अध्यक्ष लोक बहादुर भण्डारीले बताउनुभयो ।

वडा नं ९ स्थित सिद्धेश्वर मा. बि. हुक्केडाँडामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केशब बहादुर चन्द, विशिष्ट अतिथि उपप्रमुख सरस्वति कोली, अतिथि प्रशासकीय प्रमुख रबिन अधिकारी, लेखाप्रमुख लक्ष्मीदत्त भट्ट रहनु भएको थियो ।

कार्यक्रममा स्थानीय निकायले जनप्रतिनिधि पाईसके पश्चात वजेटलाई सहज रुपमा कार्यान्वन गरी कसरि प्रभाबकारी बनाउन  सकिन्छ भन्ने बिषयमा उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्षहरु संग छलफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

जनतालाई सेवा सुबिधा सहज रुपमा दिन जनप्रतिनिधिहरुले खट्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख चन्दले बताउनुभयो ।

त्यस्तै वजेट भुक्तानी लिनका लागि आवश्यक प्रक्रियाका बारेमा लेखाप्रमुख भट्टले प्रकाश पार्नु भएको थियो ।

वडा नं ९ ले आयोजना गरेको यो अन्तरक्रिया जिल्लाकै पहिलो भएको र पाटन नगरपालिकाका सबै वडा, बैतडी जिल्लाका सबै स्थानीय निकायहरुले पनि यस्ता कार्यक्रमको आयोजना गर्नु आवश्यक भएको वडा नं ९ का अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!