Facebook Twitter Google+ Google+
DHO

पर्यावरणीय अध्ययन बिना संरक्षित क्षेत्रमा सडक र भवन बनाउने ठेक्का

Advertise Here

बैतडी ।

बैतडीको सिगास गाउँपालिकाका स्थानीयबासीले गाउँपालिकाले नै सिगास संरीक्षित क्षेत्र मास्न लागेको अरोप लगाएका छन् । गाँजरीमा आधार्जन सरकारी कार्यालय हुँदाहुँदै संरक्षित क्षेत्र मासिने गरी गाउँपालिकाले गर्जेमा केन्द्र राखेर संरचना बनाउने तयारी गरेको प्रति स्थानीय रुष्ट भएका हुन् ।

सिगास गाउँपालिकामा पर्ने देशकै महत्वपूर्ण संरक्षित क्षेत्र सिगासधुरा नास हुने गरि कुनै पर्याबरणीय अध्ययन बिना सिगास गाउँपालिकाले आर्थिक बर्ष २०७४/२०७५ को बजेटबाट ठेक्का मार्फत सडक काट्ने तथा भवन बनाउने काम तत्काल रोक्न माग गरिएको छ ।

स्थानीयले पर्यावरणीय अध्ययनविना गरिने विकास निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । गाउँपालिकाले गर्जेमा केन्द्र बनाउने भन्दै जमिन खरिद गरेको अध्यक्ष हरिसिह धामीले बताए । गर्जे संरक्षित क्षेत्रको विचमा पर्छ । गर्जेसम्म पुग्नका लागि बन क्षेत्रहुँदै सडक पनि बनाउने तयारी गाउँपालिकाले गरेको छ । तर गाउँपालिकाले पर्यावरणीय अध्ययन नगरी संरचना बनाएको प्रति स्थानीयले विरोध जनाएका छन् । गाउँपालिका अध्यक्ष धामीले भने सिगास संरक्षित क्षेत्र मासिने गरी कुनै पनि निर्माणको काम नभएको बताउनुभयो ।

यता बन कार्यालयले पनि यस विषयमा गाउँपालिकाले कुनै जानकारी नगराएको र पर्यावरणीय अध्यननको विवरण पनि बन कार्यालयमा नआएको जनाएको छ । प्रक्रियामा आएर काम गर्न आफुहरुले सबैमा आग्रह गरे पनि पर्यावरणीय अध्ययन नगरीकनै बन मासेर विकास निर्माण हुने गरेको साहायक बन अधिकृत रामप्रसाद चौधरीले बताउनुभयो । विशेशज्ञ टोलीद्धारा कम्तीमा पनि एक लाख भन्दा बढी खर्च गरेर पर्यावरणीय अध्ययन गर्नुपर्ने भएकाले अहिले जिल्लामा पर्यावरणीय अध्ययन नगरी सडक खन्ने र भवन बनाउने काम भैईरहेको चौधरीले बताउनुभयो ।

नेपाल सरकारले सिगास संरक्षित क्षेत्र बनाउने गरि जिल्ला वन कार्यालयबाट कार्यक्रम समेत सुरु गरिसकेको अवस्थामा सो क्षेत्रमा गाउँपालिकाले सडक निर्माण गर्न डोजर लगाएर जथाभावी रुख काट्दा सो क्षेत्रमा पाईने सेतो चन्दन, पाँचऔले, सुगन्धवाल, लौट सल्ला, नेपाली कागज बन्ने लोक्ताका विरुवा लगायत ४० भन्दा बढी बहुमुल्य जडिबुटी नास हुने खतरा रहेको भन्दै स्थानियले उक्त ठेक्का रद्द गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा निवेदन समेत पठाईएको छ ।

गर्जे पुग्ने सडक खन्दा सिगास संरक्षित क्षेत्रमा पाईने हजारौ बोटविरुवा, वन्यजन्तु जरायो, घोरल लगायत वन्यजन्तुको वास स्थानमा समेत दीर्घालीन खतरा पैदा हुने गरि सिगास गाउँपालिकाले स्थानीयवासीको बिरोधका बाबजुद पनि सिगासधुराको वीच जंगलमा गाउँपालिका केन्द्र बनाउने भन्दै सडक खन्ने र भवन निर्माण गर्न ठेक्का आह्वान गरेको छ । सिगास गाउँपालिकाको गाँजरी क्षेत्रमा सामुदायिक वन कब्जा गरेर घर टहरा बनाई मदिरा बिक्रिी भईरहे पनि गाउँपालिकाले ध्यान नदिएको स्थानिय देवसिह धामीले गुनासो गर्नुभयो ।

समुद्री सतहबाट कबरि तीनहजार मिटर उचाईमा रहेकोे पवित्र धार्मीक तथा संरक्षित क्षेत्र सिगासधुरामा सडक खन्न, भौतिक संरचना निर्माण गर्ने जस्तो गम्भीर कुरा गर्नुपूर्व गाउँपालिकाले सरकारको स्वीकृती लिएको छैन । कुनै विस्तृत पर्यावरणीय अध्ययन नगरी जैवीक विविधता नास हुने गरि भईरहेको गलत कार्य तत्काल रोकेर आवश्यक छानबीन गरिदिन स्थानियले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!