डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा

मा प्रकाशित


काठमाडौँ ।
सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिनाधरौटी तारेखमा रिहा गरेको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

इजलासले केसीको माग अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ।

डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो।

अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए। उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो।

डा. केसीले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: