Facebook Twitter Google+ Google+
DHO

डा केसी पक्राउको विरोधमा भोलि बिहान माइतिघरमा प्रदर्शन

Advertise Here

काठमाडौं । 

अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा भोलि बिहान ८ बजे माइतिघरमा प्रदर्शन हुने भएको छ।

डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा प्रदर्शन हुन लागेको हो। एलायन्सले डा केसीको हरेक अनसनमा साथ दिँदै आएको छ।

डा केसीलाई आज राती ८ बजे अनसनस्थलबाट नै पक्राउ गरिएको हो। डा केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन्।

डा केसीले ४ वर्ष अघि बरखास्तमा परेका आइओएमका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि सोको विरोध गरेका थिए। सोही प्रकरणमा उनले आजै दिउसोबाट अनसन सुरु गरेका छन्। प्रहरी हिरासतमा रहेका डा केसीले त्यहाँ पनि अनसन जारी राखेका छन्। – स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुदूरपश्चिममा आज ‘नरहरी’ पर्व मनाइँदै
  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा