Facebook Twitter Google+ Google+
DHO

डाक्टर गोविन्द केसीले अनसन तोडे

Advertise Here

काठमाडौं ।
सोमबारदेखि अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीले शनिवार अनसन तोडेका छन्।

स्वास्थ्य मन्त्री दीपक बोहोराको टोलीसँग शुक्रबार बेलुका वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले आज अनशन तोड्ने सहमति गरेका थिए। डा केसीले शनिवार बिहान साढे १० बजे अनशन तोडेका हुन्।

अनसन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताएका छन्।

सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति गरेपछि उनी अनसन तोड्न सहमत भएका थिए। शुक्रबार राति ८ बजेदेखि सुरु भई करिब २ घन्टासम्म चलेको वार्तामा चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको छ।

सरकारी वार्ता टोलीमा स्वास्थ्यमन्त्री दीपक बोहरासँगै स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल सहभागी थिए भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल र डा कालु सिंहको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुदूरपश्चिममा आज ‘नरहरी’ पर्व मनाइँदै
  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा