ट्रम्पको शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गरिने

मा प्रकाशित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शारीरिक तथा मानसिक रूपमा स्वस्थ भए नभएको बारे चिकित्सकीय जाँच हुने भएको छ । उनका आलोचकहरूले ट्रम्प मानसिक रूपमा स्वस्थ नभएकाले उनी राष्ट्रपति पदका लागि अयोग्य भएको भन्ने अरोपहरू लगाइहँदा ट्रम्पले यसै हप्ता यस किसिमको जाँच गराउने व्हाइट हाउस ले जनाएको छ ।

राष्ट्रपति कार्यालय ले दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति बराक ओबामाको परीक्षण गर्ने चिकित्सकहरुलेनै ट्रम्पको स्वास्थ परीक्षण गर्नेछन् । परीक्षण पश्चात राष्ट्रपति ट्रम्पको सम्पूर्ण स्वास्थ विवरण सार्वजनिक गरनै जनाइएको छ ।

सबैभन्दा बढी उमेरमा राष्ट्रपति

डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा पदभार ग्रहण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । हाल ७१ वर्ष पुगेका ट्रम्पले हालसम्म कुनै मेडिकल रेकर्ड सार्वजनिक गरेका छैनन् ।

इजरायल भ्रमणमा लागे बिमारी जस्ता

हालैको आफ्नो इजरायल भ्रमणका दौरान ट्रम्प केही बीमारी जस्ता देखिएका थिए । उनलाई भाषणका दौरान केही शब्दहरूको उच्चारण गर्न अपठ्यारो भएको थियो । त्यस बेला देखि नै उनी बिमारी रहेको अशंकाहरू हुँदै आएका छन् ।

पत्रकार मिखाइल उल्फले उठाएका थिए ट्रम्पको स्वास्थमाथि प्रश्न

प्रसिद्ध पत्रकार मिखाइल उल्फले हालै सार्वजनिक आफ्नो बहुचर्चित पुस्तक फायर एंड फ्युरीस् इनसाइड द ट्रम्प व्हाइट हाउसमा यस्तो आशंका व्यक्त गरेका थिए ।

पुस्तकमा जनाइए अनुसार ट्रम्प आफ्ना पुराना साथीहरूलाई चिन्न सक्दैनन् र उनी भुलक्कड भइसकेका छन् । उनले आफ्ना वक्तव्यहरूमा पनि एउटै शब्द या वाक्यांश बारम्बार दोहोऱ्याउने गरेको बताइएको छ । यो पुस्तकमाथि व्हाइट हाउसले प्रतिबन्ध लगाउन सक्ने आशंका भए पछि यसलाई समय पूर्व नै सार्वजनिक गरिएको थियो ।

कस्ता कस्ता हुनेछन् परीक्षण ?

व्हाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पले शारीरिक परीक्षणमा कुल दुई घण्टा बिताउनु पर्नेछ । यसमा उनको मुटु, रगत, पिसाब आदिको जाँच हुनेछ । यसका अतिरिक्त उनको बोल्ने बानी र सेक्स लाइफ को समेट परीक्षण गरिनेछ ।

राष्ट्रपतिको सम्पूर्ण स्वास्थ परीक्षण वासिङ्गटन डीसी स्थित वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेंटरमा हुनेछ । जाँचमा सम्बद्ध क्षेत्रका विज्ञहरूको संलग्नता हुने र यसका नतिजाहरू सार्वजनिक गरिने जनाइएको छ ।

सांवैधानिक रूपमा आवश्यक छैन नतिजा सार्वजनिक गर्नु

न्यूयोर्क स्कुल अफ मेडिकल एथिक्सका संस्थापक प्रमुख अर्थर क्याप्लनले राष्ट्रपतिको मेडिकल रिपोर्ट सार्वजनिक गरिनुलाई गलत बताएका छन् । उनका अनुसार अन्य अमेरिकी नागरिक सरह राष्ट्रपतिलाई पनि आफ्ना स्वास्थ जनकारीहरू गोप्य राख्ने अधिकार रहेको छ । उनका अनुसार यस्तो विवरण साझा गरिराख्नु एउटा अलिखित नियम मात्र हो । संविधान अनुसार यो आवश्यक छैन ।

सार्वजनिक भइसकेको छ ओबामाको स्वास्थ्य विवरण

यस अघि सन २०१६ मा पूर्व राष्ट्रपति बाराक ओबामा को स्वास्थ्य विवरण सार्वजनिक गरिइसकेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!