Facebook Twitter Google+ Google+
DHO

काबुलमा एम्बुलेन्स बम विस्फोट, कम्तिमा ९५ को मृत्यु

Advertise Here

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तिमा ९५ को मृत्यु भएको छ।

विस्फोटमा परी १५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।

काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको हो। घटनामा अन्य १५८ जना घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान छ। घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन्।

विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ। एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन्।

एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ। घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन्। -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • काबुलमा एम्बुलेन्स बम विस्फोट, कम्तिमा ९५ को मृत्यु
  • विश्वकै सर्वाधिक धनी व्यक्ति बने बेजोस
  • ट्रम्पको शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गरिने
  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • error: Content is protected !!