Facebook Twitter Google+ Google+
DHO

एमालेले गठन गर्‍यो मुख्यमन्त्री छान्न तीन सदस्यीय कमिटी

Advertise Here

काठमाडौं ।
एमालेले तीन प्रदेशमा मुख्यमन्त्री चयनका लागि छुट्टै कमिटी गठन गर्ने भएको छ । वामगठबन्धनले प्रदेश सरकार निर्माण गर्ने पक्का भएका ६ मध्ये ४ प्रदेशको सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले छुट्टै कमिटि गठन गर्न लागेको हो ।

प्रदेश–५ मा एमाले नेता शंकर पोखरेल संसदीय दलको नेता चयन भइसकेका छन्। त्यसैले, एमालेले तीन वटा प्रदेशमा मात्र कमिटी गठन गरेर प्रदेश सभाका संसदीय दलको नेता चयन गर्ने भएको हो।

२४ माघमा राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै एमाले प्रदेश सभा संसदीय दलको बैठक आयोजना गरिनेछन्। र, त्यही बैठकले प्रदेश सभामा संसदीय दलको नेता चयन गर्ने निर्णय एमाले स्थायी समितिले गरेको छ।

प्रदेश–५ मा भने पोखरेललाई नै एमाले प्रदेश सभा संसदीय दलले संसदीय दलको नेता चयन गरिसकेको छ। त्यसैले, माओवादी केन्द्रको औपचारिक समर्थन पाउनासाथ पोखरेल त्यहाँको मुख्यमन्त्री चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!