एक सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण

मा प्रकाशित


काठमाडौँ ।
बुधबार १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको छ । नेपालबाट पनि देखिएको चन्द्रग्रहण साँझ ५ बजेर ३३ मिनेटमा सुरु भएको हो । ब्लू मुनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको हो ।

चन्द्रग्रहण हेर्न नेपालीले सुरु भएपछि २२ मिनेट पर्खिनु परेको थियो। मोसमका कारण नेपालमा मजाले नदेखिएको हो। एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भनिन्छ।

खग्रास तथा खण्डग्रास गरी चन्द्रग्रहण दुई किसिमको हुने भए पनि बुधबारको चन्द्रग्रहण खग्रास भएकाले चन्द्रमाको पूरै भाग छेकिएको देखियो। पूरै चन्द्रबिम्ब छेकिएर हुने अर्थात् पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिने खगोलविद्को भनाइ छ।

यस खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिकाले मात्र हेर्न हुने बताइएको छ भने मेष, मिथुन, कर्कट, सिंह, वृश्चिक, धनु, मकर र मीन राशिकाले हेरे अशुभ हुने मानिएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: