Facebook Twitter Google+ Google+
DHO

ईश्वर जोशीको कविता : बाध्यता

Advertise Here
  • ईश्वर जोशी

आसा अज्ञात रोगको सिकार भयो
विश्वास आत्महत्याको तयारीमा छ
आतङ्क खुला सडकमा नाचिरहेछ
मानौ ऊ नै यस देशको भावी सम्राट हो ।
पिडा राज्यारोहणको भोज दिइरहेछ,
अन्याय उसको पहरा दिइरहेछ ,
तिमी भन्छौ सुन्दर भविष्यको परिकल्पना गर ।१
……………………………………….
प्रेम दासताको दाम्लोले बाँधिएको छ
मानवता पागलखानामा भेजिएको छ
करुणाको आँखामा खुर्सानीको धुलो हालिएको छ
दया त गल्ली गल्लीमा हात थापिरहेछ ,
क्रुरताका पुजारीहरु शान्तिको बलि दिँदै
पशुपतिमा घमण्डको भेटि चढाइ रहेछन्
तिमी भन्छौ हृदयको पुकार धरतीमा मिसाऊ
मानौ म बाध्यताको एक मात्र सन्तान हुँ ।२
ishworjoshi1@yahoo.com

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ईश्वर जोशीको कविता : बाध्यता
  • १३ जना कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक
  • लघुकथामाथि विमर्श तथा कायस्थको कृति विमोचन
  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित