आज टोपी दिवस मनाइँदै

मा प्रकाशित


काठमाडौं ।
‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।

जागरुक युवा अभियानले दिवसका अवसरमा आज बिहान राजधानीमा र्‍याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली-न्युरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो।

र्‍यालीमा नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झन्डा बोकेका थिए।

पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!