Facebook Twitter Google+ Google+
DHO

अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च? 

Advertise Here

काठमाडौँ ।

अदालतको अवहेलना मुद्दामा विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, पुष्पकमल दाहाललाई उपस्थित हुन सर्वोच्चले आदेश गरेको थियो। अदालतको सम्मान गर्दै उनीहरु आफैं उपस्थित समेत भएका थिए।

तत्कालीन प्रधानमन्त्री कोइरालाले लाउडा विमान खरिद प्रकरणमा अदालतको अवहेलना मुद्दा खेपेका थिए। उनले सर्वोच्चमा उपस्थित हुँदै अदालतलाई नारायणहिटी  दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित समेत भएका थिए।

बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल विरुद्ध पनि अवहेलनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

सर्वोच्चले पछिल्ला पाँच वर्षयता अवहेलना मुद्दामा कसैलाई पनि दोषी ठहर गरेको नजिर देखिँदैन। केही वर्षअघि न्यायाधीशले घुस लिएको बारे हिमाल मिडियाले समाचार लेखेको आरोपमा र न्यायाधीशलाई गाली गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई अदालतले दोषी ठहर गर्दै सजाय समेत सुनाएको थियो। दुवै प्रकरणमा अदालतको अवहेलना गर्ने कुनै मनसाय नरहेको भनाइ आएपछि सफाइ दिइएको थियो।

पक्राउ गरी प्रहरी मार्फत अदालत पेश गर्नू भनी एकै दिन मुद्दा दायर भएर आदेश भएको डा केसीको मुद्दा नै पहिलो हो।

यसअघि कान्तिपुर दैनिक विरुद्ध पनि सर्वोच्चको प्रशासनले टिप्पणी उठाएर अवहेलना मुद्दा अघि बढाएको थियो। तर, पछि सर्वोच्चले उसलाई सफाइ दिने फैसला गरेको थियो। – स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुदूरपश्चिममा आज ‘नरहरी’ पर्व मनाइँदै
  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा