अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने

मा प्रकाशित


अमेरिकाको लास भेगास सहरमा यो वर्षको पहिलो विद्युतीय उपभोग्य सामग्री हरूको मेला सीइएस ( कंज्युमर इलेक्ट्रिक सो ) सुरु भएको छ जसमा कोरियाको Innomdle Lab भन्ने कम्पनीले बिल्कुलै नयाँ ग्याजेट पहिलो पल्ट प्रदर्शित गरेको छ । जसमा औंलाको प्रयोग गरेर कल सुन्न सकिने भएको छ ।

Sgnl नाम दिइएको यो एउटा रिस्ट ब्याण्ड स्ट्रेप हो । विश्वकै पहिलो यस बडी कंडक्सन युनिटले फोन रिसिभ गर्दा औंलाको टुप्पोले मात्र कुरा सुन्न सकिने भएको छ ।

यस रिस्ट ब्याण्डले फोन रिसिभ गर्दा औंलालाई फोनको रिसिभरमा परिवर्तित गरिदिने बताइएको छ ।

कम्पनीले जनाए अनुसार यस रिस्ट ब्याण्ड स्ट्रेपलाई सबैभन्दा पहिले ब्लुटुथका माध्यमले आफ्नो स्मार्ट फोनसँग पेअर गर्नु पर्दछ र यसलाई नाडीमा लगाउनु पर्नेछ । फोनसँग पेअर भएपछि कल आउँदा औंलाको टुप्पो काननेर लगेर कुराकानी गर्न सकिने बताइएको हो ।

कम्पनीका अनुसार यसको अडियो गुणस्तर उत्कृष्ट रहेको छ । यसबाट प्रष्ट आवाज सुनिनुको साथै वातावरणमा भएको हल्लाले समेत व्यवधान गर्ने छैन ।

यस डिभाइसलाई स्मार्ट फोनका अतिरिक्त एप्पल वाच या स्यामसुंग गियर जस्ता प्रचलित ग्याजेटहरूसँग समेत प्रयोग गर्न सकिने छ । यसका लागि यस स्ट्रेपमा ती ग्याजेटहरू फिट गर्नु पर्नेछ ।

यसलाई प्रयोग गर्दा फोन आउँदा भाइब्रेसन आउने र स्ट्रेपमा नोटिफिकेसन आउने जनाइएको छ । यसै वर्ष मार्चमा बजारमा ल्याउने भनिएको यो वेयरेबल ग्याजेट लंच भएपछि आफ्नो प्रकारको बेग्लै प्रविधि हुनेछ जसको अर्को कुनै प्रतिद्वन्दी बजारमा तत्काल रहने छैन ।

फोर्च्युन डट कमले जनाए अनुसार आज सुरु भएर जनवरी १२ सम्म चलने यस प्रदर्शनीमा मोबाइल फोन, ल्यापटप, टीभी जस्ता थुप्रै उपकरणहरू र अन्य नवीनतम उत्पाद तथा प्रविधिहरू प्रदर्शनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!