अनौठो धर्मादेश : बैंक कर्मचारीको परिवारका सदस्यसँग विवाह गर्न नहुने

मा प्रकाशित


इस्लामी धार्मिक कानुन या सरियत अनुसार ऋण दिएर ब्याज असुल गर्नु गैर कानुनी या हराम मानिन्छ । साथै यसरी हराम मानिएका व्यापार व्यवसायमा लगानी गर्नुलाई पनि इस्लामी धार्मिक कानुनले हराम नै मान्ने गर्दछ ।

इस्लाम धर्मका अनुसार धनको आफ्नो स्वाभाविक मूल्य हुँदैन त्यसैले यसलाई लाभका निम्ति कसैलाई प्रयोग गर्न दिनु या सिधा शब्दमा ब्याजमा लगाउनु हुँदैन । यही कारण हो कैयन् मुस्लिम देशहरूका इस्लामी बैंकहरू ब्याज उक्त बैंकिङ्गको अभ्यास गरिरहेका छन् ।

त्यस्तै इस्लामी धार्मिक कानुनमा धर्मादेश या फतवाको पनि ठुलो महत्व छ । सामान्यतया धर्मगुरुद्वारा जारी गरिएका धर्मादेशहरू साह्रै गम्भीरताका साथ लिइने गरिन्छन् र कतिपय अवस्थामा त यिनले समाजमा नै उथल पुथल ल्याउला जस्तै हुन्छ ।

हालै एउटा फरक प्रकारको यस्तै धर्मदेश भारतमा जारी गरिएको छ । यहाँको एउटा प्रमुख इस्लामी शिक्षण संस्था दारुल उलुम देवबन्दले मुस्लिम धर्मावलम्बीहरूलाई बैंकमा नौकरी गरेर घर चलाउनेहरूको परिवारसँग वैवाहिक सम्बन्ध नगाँस्न आदेश जारी गरेको छ ।

यो आदेश दारुल उलुमको फतवा जारी गर्ने निकाय ‘दारुल इफ्ता’बाट जारी गरिएको हो । बिहीबार यसबारे दिइएको स्पष्टीकरणमा भनिएको छ बैंकिङ्ग प्रणाली पूर्ण रूपमा ब्याजमा आधारित छ जुन इस्लामनुसार ‘हराम’ हो । त्यसैले त्यस्ता परिवारका सदस्यसँग वैवाहिक सम्बन्ध गाँस्नु गैर इस्लामिक हो ।

यस धर्मादेशमा भनिएको छ, “अधार्मिक कमाइबाट हुर्के बढेकाहरूको नैतिक प्रवृत्ति राम्रो हुँदैन त्यसैले यस्ता परिवारका सदस्यहरूसँग विवाह नगरियोस् ।” धर्मादेशमा कुनै ‘पवित्र परिवार’सँग सम्बन्ध गाँस्नु उचित बताइएको छ ।

डिजाइनर बुर्कों पर भी फतवा जारी
यसका साथै दारुल इफ्ताले आजभोलि मुस्लिम महिलाहरूले लगाउने डिजाइनर बुर्काहरूबाट महिलाका अङ्ग देखिने भएकाले यस्ता पहिरन लगाउनु पनि अपराध मानिने जनाएको छ । यस आदेशलाई स्पष्ट पार्दै दारुल इफ्ताले यस्ता पहिरनका कारण महिला ‘नराम्रा नजर’हरूको सिकार हुने जनाएको छ ।

बुर्का शरीर प्रदर्शित गर्न नभई ढाक्न लगाइने भएको भन्दै जारी फतवामा डिजाइनर र सलिम फिट बुर्का लगाउनु इस्लाममा वर्जित रहेको भनिएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!