सुदूरपश्चिम महोत्सव सम्पन्न

मा प्रकाशित


धनगढी ।
सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्याइएको छ।

बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैयाँ जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैयाँ शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय भएको महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बताए।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि सुरु भएको महोत्सव मंगलबार सम्पन्न भएको हो। प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झन्डै रु १६ करोडको कारोबार भएको महासचिव स्वाँरले जानकारी दिए।

सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापार व्यवसायको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: