सुदुरपश्चिमका सबै जिल्लामा महालक्ष्मी विकास बैँक लि. को सेवा बिस्तार

मा प्रकाशित


बैतडी ।

सुदुरपश्चिमका सबै जिल्लामा महालक्ष्मी विकास बैँक लि. ले शाखा बिस्तार गरेको छ । बैतडीको पाटनमा मङ्सिर १४ गते र दार्चुलाको गोकुलेश्वरमा मङ्सिर २८ गते बिहिबार देखि कारोबार संचालन गरेको छ ।

यो संगै वैंकको शाखा सन्जाल ७० पुगेको छ भने एटीएम संख्या ३५ पुगेको छ ।

अत्याधुनिक वैंकिङ कारोवार सहितका सवै सेवा सुविधा पाटनमा नै उपलव्ध गराउने र यस क्षेत्रका ग्राहकहरुलाई राहत पुग्ने पाटन शाखाका प्रवन्धक सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैँकले मोवाईल वैकिङ, ईन्टरनेट वैकिङ, भिसा डेविट कार्ड, लकरसुविधा, कम व्याजमा विभिन्न कर्जा सुविधाहरु उपलव्ध गराउने छ ।

महालक्ष्मी विकास बैंक सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक रहेको प्रबन्धक भट्टको भनाई छ । कार्तिक मसान्त सम्म बैंकले २५ अर्ब ४३ करोड निक्षेप संकलन गरि २० अर्ब १२ करोड कर्जा प्रबाह गरिसकेको समेत उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!