सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह

मा प्रकाशित


काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन सरकारलाई आग्रह गरेका छन्।

ओली निवास बालकोटमा बुधबार भएको भेटमा अध्यक्ष दाहाल र ओलीले सरकारले राजीनामा दिँदै नयाँ सरकारको गठनका सहयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

राष्ट्रिय सभा गठन नभई संघीय संसद् पूर्ण नहुने र संसद् पूर्ण नभई समानुपातिकतर्फ सांसद तोक्न नमिल्ने भनी आयोगले गरेको तर्कको आलोचना गर्दै सिट निर्धारण तत्काल गरिदिन उनीहरुले माग गरेका छन्।

भेटमा राष्ट्रियसभा अध्यादेश, पार्टी एकता, सरकार गठनलगायतका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: