रेशम चौधरीलाई छाड्दैनौं : डिआईजी कार्की

मा प्रकाशित


काठमाडौं ।

गुण्डा नाइके कथित डन दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएकाछन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै डिआईजी कार्कीले यस्तो बताएका हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समाचारले नेपालको राजनीतिक माहोल तातिरहेका बेला त्यहि निर्वाचनबाट सांसद बनेका चौधरीलाई नछोड्ने बताएपछि कार्कीको चर्चा चल्न थालेको छ ।

प्रहरीको मोस्ट वान्टेड सुचिमा हुँदाहुँदै पनि हालै भएको निर्वाचनमा कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी निर्वाचित भएका थिए।

उनलाई यसका अलावा बिभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको आरोप समेत लागेको छ । गुण्डा नाइके ‘चरी’को इन्काउन्टर गर्ने चर्चित डीआईजी पुष्कर कार्कीले रेशम चौधरीलाई प्रहरीले जसरी पनि पक्राउ गर्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख समेत रहेका कार्कीले आवश्यक परे चौधरीलाई सिआईबीले पक्राउ गरेर अदालतमा बुझाउने स्पष्ट पारे । उनको कार्यकालमा गुण्डागर्दी र अपराध नियन्त्रणका घटनामा कमि आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: