Facebook Twitter Google+ Google+
DHO

माओवादी केन्द्रको बैठक सोमबार

Advertise Here

काठमाडौँ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।

सो पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा (एमाले)सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने सो पार्टीले जनाएको छ ।

वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • बैतडी काँग्रेसमा विवाद
  • कांग्रेस बैतडीको उप–सभापतिमा चन्द
  • सात नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि माओवादीबाट त्रिलोचन भट्ट सिफारिस
  • वाम कार्यदल बैठकले टुङ्ग्यायो मुख्यमन्त्री र सभामुख बाँडफाँट
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा
  • error: Content is protected !!