मतपत्रमा छाप हान्नै लाग्दा कर्माचार्यको मृत्यु

मा प्रकाशित


काभ्रे ।

मतपत्र हातमा लिएर भोट हाल्नै लाग्दा काभ्रेको बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको निधन भएको छ । आज बिहान मतदान केन्द्रमा भोट हाल्न पुगेका उनी बेहोस भएर ढलेका थिए ।

बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लिएका थिए । मतदान केन्द्रमा हरियो मतपत्र हातमा लिएर भोट हाल्नै लाग्दा बेहोस भई ढलेर निधान भएको उनका छोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!