बैतडीमा मतगणना सुरु



बैतडी ।

पहिलो चरण अन्तरगत प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको बैतडीमा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।

बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका भवनमा मतगणना सुरु भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यस्तै, प्रतिनिधिहरुका लागि ग्याबिन तारको घेरबार लगाइएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३ सय ४३ मतदाताले मतदान गरेका थिए । सञ्चारकर्मीका लागी आलोपालो मिलाएर मतगणनास्थलमा जाने व्यवस्था गरिएको छ ।

त्यस्तै मतपरिणाम नआउन्जेल सम्म बैतडी सदरमुकाममा मदिरा बेचबिखनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)