Facebook Twitter Google+ Google+
DHO

बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना

Advertise Here

बैतडी ।

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ ।

सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, किशोरीवृत्त, प्रतिष्ठित धामी समूह, पत्रकारलगायत सरोकारवालाले छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको हो ।

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तर्जुमा परामर्श गोष्ठीमा सहभागीले बालविवाह न्यूनीकरणका लागि पाँच वर्षसम्म गर्नुपर्ने काम बारे छलफल गरेर कार्ययोजना बनाएको हो । यसअघि सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको थियो ।

किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानून कार्यान्वयन गर्न सो रणनीति प्रभावकारी हुने अपेक्षा गरिएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई