Facebook Twitter Google+ Google+
DHO

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

Advertise Here

काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिनुभएको उहाँका निजी सचिव बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गर्नुभएको थियो ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाउँदै उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित
  • रोनाल्डोको गोलसँगै रियल मड्रिड विजयी
  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई