पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण

मा प्रकाशित


सेवा निबृत्त सेना प्रमुख कोस्टान्टीनो चिवेङगा र वरिष्ठ राजनीतिज्ञ केम्बो मोहादीले विहीबार जिम्बावेको उपराष्ट्रपति पदमा सपथ ग्रहण गर्नुभएको छ ।

दुवै जनालाई राष्ट्रपति इमर्ससन नान्गाग्वाले नियुक्त गरे लगत्तै प्रधान न्यायाधिश लुक मालाबाले सपथग्रहण गराउनु भएको थियो ।

राष्ट्रपति इमर्सनले गत महिना मात्रै पुर्व राष्ट्रपति रोबर्ट मुगाबेपछि नयाँ राष्ट्रपतिको रुपमा जिम्मेबारी ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपतिको जिम्मेवारी ग्रहण गरेपछि उहाँले आर्थिक पुर्नजीवन दिने, भ्रष्टाचार विरुद्ध लड्ने र रोजगारी सृजना गर्ने लगायतका प्रतिबद्धता जनाउनु भएको छ ।

पुर्वप्रधान सेनापति चिवेङगाले गत महिना मुगाबेलाई अपदस्त गर्ने बेला सेनामा रहँदा हस्तक्षेपकारी भूिमका निर्वाह गर्नुभएको थियो । – रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!