Facebook Twitter Google+ Google+
DHO

नेपाल–भारत सीमानाका झुलाघाटबाट २४ जनाको उद्धार

Advertise Here

बैतडी ।

प्रहरीले नेपाल–भारत सीमानाका झुलाघाटबाट चालु आव २०७४/७५ को हालसम्ममा २४ जनाको उद्धार गरेको छ ।

सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयका अनुसार उद्धार गरिनेमा १५ वर्षमुनिका बालबालिका र किशोरकिशोरी छन् ।

गत साउनमा तीन बालबालिका, भदौमा एक किशोर र सात बालबालिका, असोजमा ६ किशोरकिशोरी र दुई बालक, कात्तिकमा एक किशोर र तीन बालबालिका तथा मंसिरमा एक किशोरीको उद्धार गरिएको हो ।

सीमानाका झुलाघाटबाट उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइ-बुझाइ सम्बन्धित अभिभावकको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । विद्यालय पढ्ने बालबालिका विद्यालय छोडेर जाने तथा कुनैकुनै बालबालिका काम गर्नका लागि साथीको लहैलहमा घरबाट भागेर जाने गरेका छन् ।

“पढ्न मन नलागेर तथा आर्थिक अवस्था कमजोर भएका कारण भारत जाने गरेका छन्,” उहाँले भन्नुभयो ।

आव २०७३/७४ मा झुलाघाटबाट २० बालबालिका र ३७ किशोरकिशोरीको उद्धार गरिएको थियो । आव २०७२÷७३ मा ६४ किशोरकिशोरी र आठ बालबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी प्रदेश नं ७ का पहाडी जिल्लाका साथै हुम्ला र मुगुका समेत रहेका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!