Facebook Twitter Google+ Google+
DHO

नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार

Advertise Here

बैतडी ।

नेपाली सेनाले बैतडीको तल्लोस्वराडमा रहेको एक विद्यालय भवनको जीर्णोद्धार कार्य सम्पन्न गरेको छ ।

बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको मेलौली नगरपालिका–७ काँडामा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन जीर्णोद्धार कार्य सम्पन्न गरेको हो ।

तीन वर्ष अघिदेखि छाना तथा भवन भत्किएर जीर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माण तथा मर्मत कार्य गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीरामपार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाली सेनाले गरेको यो कार्य निकै सह्रानीय छ, अब हामीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ ।”

नेपाली सेनाले उक्त भवनको भत्किएको गारो तथा पिलरको निर्माण, नयाँ काठ तथा जस्ता फेर्ने कार्य, झ्याल ढोका फेर्ने कायर्, भुईं मर्मत तथा प्लाइ ठोक्ने कार्य र रङरोगन गर्ने कार्य गरेको बैतडीस्थित शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

शत्रुमर्दन गुल्मले आफ्नै स्रोत साधन तथा जनशक्ति परिचालन गरी उक्त निर्माण कार्य पूरा गरेको हो । उहाँले भन्नुभयो “हामीले करिब रु दुई लाखको लगानी तथा आफ्नो स्रोत साधन प्रयोग गरी विद्यालय भवन जीर्णोद्धार गरेका हौँ ।”

नेपाली सेनाले आफू कार्यरत स्थानमा सामुदायिक हितलाई मध्यनजर गरी विभिन्न सामाजिक कार्य गर्ने नीतिअनुरुप उक्त विद्यालय भवनको मर्मत तथा जीर्णोद्धार गरेको शत्रुमर्दन गुल्म बैतडीले जनाएको छ ।

विसं २०५७ मा स्थापना भएको नेत्रज्योति आधारभूत विद्यालय विसं २०७२ मा हावाहुरीले गर्दा विद्यालयको छाना उडाउँदा विद्यालय भवन जीर्ण बनेको थियो । उक्त विद्यालयमा हाल १०३ जना बालबालिका अध्ययनरत रहेका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • संशोधनविरुद्ध शिक्षक सेवा आयोगमा तालाबन्दी
  • मतदाता शिक्षा कार्यक्रम सुरु, आयोगले खटायो २० हजार कर्मचारी
  • विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग
  • किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर
  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न