निकट भविश्यमै पार्टी एकता : केपी ओली

मा प्रकाशित


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग निकट भविश्यमै पार्टी एकता हुने बताएका छन् । एमाले र माओवादी नेताहरुलाई भड्काउने प्रयास भइरहेको तर, त्यसलाई आफूहरुले बुझेको उनले बताए ।

कसैले हात समातेर लगेर पार्टी एकताको गुरु मन्त्र दिएर नभई आफूहरुले सुरु गरेको भन्दै उनले पार्टी एकता हुनेमा ढुक्क रहन आग्रह गरे ।

‘अहिले पनि केहीकेही गैडाका जस्ता जिब्रा लिएर माया गरेको स्वाङ पार्दै चाट्न खोज्दैछन् । गैडाले चाट्यो भने के हुन्छ साथीहरुलाई थाहै छ । गैडाले जहाँ चाट्छ, त्यो … छालामात्र होइन मासु समेत जान्छ । बडो प्रेम पूर्वक यस्सो एक किस गरौं है भनेर जिब्रो निकालेर आएका छन् । तर, हामीले यो बुझेका छौं ।’

एमाले नेताहरुलाई माओवादी आएपछि बर्बाद हुन्छ भनेको तथा माओवादी नेताहरुलाई एमालेले निल्छ भनेर भड्काउने प्रयास भएको उनले सुनाए । ओलीले भने, नयाँ ढंगले पार्टी बन्छ । एमाले पनि होइन, माओवादी पनि होइन ।’

सरकार बनाउँदै पार्टी एकता गर्दै अघि बढ्ने भन्दै भने, ढुक्क हुनुस्, निकट भविश्यमा पार्टी एकता गर्दैछौं ।’

अहिले वाम गठबन्धनप्रति जनता र दुबै पार्टीका कार्यकर्तामा आत्मविश्वास पलाएको भन्दै उनले त्यसमा असफल भए धेरै दशकसम्म अर्को सम्भावना नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!