दोश्रो चरण निर्वाचन : सोमबार राति १२ बजेदेखि मौन अवधि

मा प्रकाशित


काठमाडौं ।
मंसिर २१ गते ४५ जिल्लामा दोश्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने तथा मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ ।

मौन अवधिमा सामाजिक सञ्जाल, एसएमएस, विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: