दुर्गामावि सिमारमा साढे ४ बर्षपछी विद्यालय व्यवस्थापन समिति

मा प्रकाशित


बैतडी ।

राजनितिक खिचातानिका कारण लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको बैतडीको डिलासैनी गाउँपालिकामा रहेको दुर्गामावि सिमारमा बुधबार विद्यालय व्यावस्थापन समिती गठन गरीएको छ ।

डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वर सिमारमा करिव साढे ४ बर्षपछि आज बिद्यालयमा बिद्यालय व्यावस्थापन समिति गठन भएको विद्यालयका शिक्षक गंगासागर जोशीले जानकारी दिनुभयो।

समिति गठनको लागि पटक पटक बिद्यालयमा अभिभावकको भेला गरिएको भएपनि राजनितीक खिचातानिका कारण समिती गठन हुन सकेको थिएन ।

बुधवार विद्यालयमा भएको अभिभावकको भेलाले स्रोतब्यक्ती हरेन्द्र प्रसाद जोशीको सहभागितामा बिरेन्द्र बोहराको अध्यक्षतामा ६ सदस्य विद्यालय व्यावस्थापन समिती गठन गरेको हो । सदस्यहरु जन्तरा बोहरा,अर्जुन राना, गिताराना, गंगोत्री बुढाथोथी बोहरा र दुर्गादत्त भट्ट गरी ६ सदस्यीय समिती चयन गरिएको हो ।

विद्यालय व्यावस्थापन समिति गठनपश्चात विद्यालयको व्यवस्थापनमा सहज हुने देखिएको छ । राजनितिक खिचातानीका कारण वि स २०७० सालदेखि उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: